आयोजना प्रमुखसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा


२२ फाल्गुन २०८०, मंगलवार
Akhtiyar

काठमाडौं । सघन शहरी तथा भवन निर्माण कार्यालय राजविराजका तत्कालीन आयोजना प्रमुख सिनियर डिभिजनल इन्जिनियर (सीडीई) सचिन्द्रकुमार देवसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरूपयोग अनुसन्धन आयोगले आयोजना प्रमुख सिनियर इन्जिनियर सचिन्द्र कुमारदेव, तत्कालीन इन्जिनियर मदन राय र सव–इन्जिनियर सरोजकुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । सप्तर हनुमाननगर कंकालिनी नगरपालिका–४ स्थित मधुवापुर अन्तर्गत विकास, राजविराजद्वारा मधुवापुर वडा कार्यालयदेखि अर्जी टोलसम्म लगमत ३०० मिटर दूरीमा कालोपत्रे बाटो निर्माण विना टेन्डर भएको, होडिङ बोर्ड नलगाएको र निर्माण कार्य राम्रो नगरेको पुष्टि हुन आएको उनीहरूविरुद्ध उजुरी परेको थियो ।

सोही उजुरीका आधारमा निर्माण योजनाको ठेक्का इष्टिमेट र योजनाको सम्झौता समेतमा हस्ताक्षर गरेको, कम काम गरी बढी काम गरेको भनी प्राविधिक मूल्यांकनसहितको प्रतिवेदन निर्माण व्यावसायीहरूलाई ३ लाख ४७ हजार रुपैयाँ भुक्तानी दिएको देखिन आएकाले सीडीई कुमार देव, तत्कालीन इन्जिनियर राय र सव इन्जिनियर यादवविरुद्ध सोही रकम बराबरको बिगो ,कैद र जरिवाना मागसहित आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिएका छन् ।

यस्तै गुन्जा कन्सट्रुक्सन सडक–८ सप्तरीका प्रोपाइटर गोविन्दप्रसाद मण्डलले उक्त योजनाको सम्झौता पत्रमा सहीछाप गरी कार्य सुरू गरी निर्माण कार्य सम्पन्न भएको भनी ठेक्का बिल, बिल भर्पाइलगायत कागजात पेश गरेको तर शर्त एवं सम्झौता बमोजिमको कार्य नगरी भए गरेको कार्यभन्दा बढी कार्य गरेको भनी बढी मूल्यांकन गरी ३ लाख ३४ हजार बढि भुक्तानी लिने कार्य गरेको अख्तियारको ठहर छ । उनीविरुद्ध पनि सोही रकम बराबरको बिगो र सजाय माग दावी गरिएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७