सडकलाई खेतीयोग्य जमिन भनेर सिफारिस दिने वडाध्यक्षसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा


२४ फाल्गुन २०८०, बिहीबार
Akhtiyar

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको पचरौता नगरपालिका–४ का वडाध्यक्ष कन्हैयालाल यादवसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरूविरुद्ध बिहीवार विशेष अदालतमा गैरकानूनी लाभ तथा हानी पुर्‍याइ भ्रष्टाचार गरेकोसम्बन्धी आरोप–पत्र दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

वडाध्यक्ष यादवले सडक बाटोले छोएको जग्गालाई कुनै पनि किसिमको बाटोले नछोएको खेतीयोग्य जमिन भनेर सिफारिस गराइ पुँजीगत लाभकर एवं रजिष्ट्रेसन शुल्कबापतको राजस्व सरकारलाई नबुझाएको आरोप अख्तियारले लगाएको छ ।

‘कुनै पनि किसिमको बाटोले नछोएको खेतीयोग्य जमिन भनी गलत घरबाटो सिफारिस गरी–गराइ बिक्रीकर्ता र खरिदकर्ताले तिर्नुपर्ने पुँजीगत लाभकर एवं रजिस्ट्रेसन शुल्कबापतको राजस्व रकम ८ लाख ११ हजार ९५१ रुपैयाँ राजश्व हिनामिना भएको पाइएको छ,’ अभियोगपत्रमा उल्लेख छ । जग्गा बिक्रीकर्ता विद्या यादव, जग्गा खरिदकर्ता बृजकिशोरप्रसाद यादव र अवधकिशोरप्रसाद यादवविरुद्ध पनि मुद्दा दायर भएको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७