शंकास्पद रुपमा दुबई जान लागेका तीन महिलालाई विमानस्थलबाटै फर्काइयो


२५ फाल्गुन २०८०, शुक्रबार
airport

काठमाडौं । शंकास्पद रुपमा दुबई जान लागेका तीन जना महिलालाई प्रहरीले रोकेको छ । ती महिला भिजिट भिसामा दुबई जान लागेका थिए । हिजो राति साढे १० बजे हिमालयन एयरलाइन्सबाट दुबई जान लागेका ३ जनालाई प्रहरीले रोकेको हो ।

रोकिने महिलाहरुमा चितवन, अर्घखाची र तेहथुका महिला हुन् भने, दुबई पठाउने एजेन्ट भबिलाल थापालाई प्रहरीले नियन्त्रणमा लिएको हो । ३ महिलासहित एजेन्ट थापालाई अपराध महाशाखामा पठाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी कृष्णहरि शर्माले बताए ।

शंकास्पद रुपमा तीन जना महिला दुबई जाँदैछन् भन्ने जानकारी आएपछि आफूहरुले हिमालयल एयरलाइन्सलाई जानकारी गराएको प्रहरीको भनाइ छ । एजेन्टले मेनपावरमार्फत नै दुबई पठाएको भने पनि मेनपावर देखाउन नसकेको जनाइएको छ । एजेण्टले सजिलै काम लगाइदिने भनेर भिजिट भिसामा दुबई लान लागेको खुलेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७