भक्तपुर कप फुटबल प्रतियोगिताको फाइनल आज


२६ फाल्गुन २०८०, शनिबार
f

भक्तपुर । भक्तपुर युवा टिम गोल्मढी भक्तपुरको आयोजनामा भइरहेको तेश्रो भक्तपुर कप फुटवल प्रतियोगिताको फाइनलमा पाण्डुबजार फ्रेण्डसिप क्लव पाण्डुबजार भक्तपुर र सामाजिक युथ क्लब भिड्ने भएका छन् । सेमिफाइनल खेलबाट झौखले युनाइटेडलाई हराई पाण्डुबजार र बी आर ब्रडर्सलाई हराई सामाजिक युथ क्लव फाइनलमा प्रवेश गर्न सफल भएको हुन् ।

प्रतियोगिताको फाइनल खेल शनिबार विहानको ११ बजे हुने जनाइएको छ । प्रतियोगिताको पहिलो हुन सफल टिमलाई नगद एक लाख २५ हजार र द्वितीय हुने टोलीलाई ६५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने जनाइको छ । प्रतियोगिता भक्तपुर नगरपालिका–७ स्थित महेश्वरी खेल मैदानमा हुनेछ । पाण्डुबजार र झोखेल युनाइटेडबीच भएको पहिलो खेलमा पाण्डुबजारले झौखेललाई २–० गोल गरी पाण्डुबजारले फाइनलको लागि यात्रा तय गरेका थियो । दोश्रो सामाजिक युथ क्लव र वी आर व्रडर्समा १–० ले सामाजिक युथ क्लवले फाइलय प्रवेश पाएको हो ।

प्रतियोगिताको पहिलो खेलमा उदयीमान खेलाडीका रूपमा पाण्डुबजारका सुसान श्रेष्ठ घोषित भए । म्यान अफ दी म्याचमा पाण्डुबजारकै इब्राहिम फोफोन घोषित भए । दोश्रो खेलमा उदयीमान खेलाडीमा वी आर ब्रडर्सका संयोग लिम्वू घोषित भए भने म्यान अफ दी म्याचमा सामाजिक युथ क्लवका ओसन राई घोषित भए ।

प्रतियोगिताको प्रत्येक खेलमा उत्कृष्ट खेलाडीलाई मायाको चिनो र नगद दुई हजार तथा उदयीमान खेलाडीलाई एक हजार नगद पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगितामा कुल १६ वटा टिमहरूको सहभागिता रहेको थियो । त्यसमा भक्तपुर जिल्लाका ११ वटा टिमहरु रहेका थिए । भक्तपुरको भक्तपुर नगरपालिकाबाट ५ वटा, सूर्यविनायक नगरपालिकाबाट तीन वटा र चाँंगुनारायण नगरपालिबाट तीन वटा टोली प्रतिस्पर्धामा सहभागी रहेका थिए ।

आयोजक टिमका अध्यक्ष केशव त्वानाबासुले प्रतियोगितामा जिल्लाको मध्यपुर थिमि नगरपालिकाबाट भने सहभागिता नरेहेको बताए । मध्यपुर थिमिमा वडा लिग भइरहेकोले त्यहाँंबाट प्रतियोगिताहरुको सहभागिता नरहेको जनाइएको छ । प्रतियोगितामा काठमाडौंको दुई, काभ्रेको दुई र ललितपुर जिल्लाबाट एउटा टोली प्रतिस्पर्धामा सहभागी रहेको जनाइएको छ । प्रतियोगिताको उदघाटन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गरेका थिए । पुरस्कार वितरण भने संघीय सांसद प्रेम सुवालले गर्ने कार्यक्रम तय गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७