स्वास्थ्यमन्त्री यादव र वनमन्त्री साहले लिए शपथ, २२ सदस्यीय बन्यो मन्त्रिपरिषद्


२७ फाल्गुन २०८०, आईतवार
sapath upendra

काठमाडौं । स्वास्थ्यमन्त्री उपेन्द्र यादवले शपथ लिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी जसपाका अध्यक्ष यादवलाई स्वास्थ्मन्त्री नियुक्त गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार बिहान पद तथा गोपनीयताको शपथ गराएका छन् ।

त्यसैगरी जसपाबाटै नबलकिशोर साह वनमन्त्री बनेका छन् । यसअघि प्रचण्डले नयाँ समीकरणअनुसार दुई चरणमा मन्त्रिपरिषद् पुनर्गठन गरिसकेका थिए । फागुन २१ मा तीन जनाले मन्त्रीको शपथ लिएकामा दोस्रो पटक फागुन २३ मा १६ जना मन्त्री थपेका थिए । अहिले जसपाबाट दुई जना मन्त्री बनेसँगै मन्त्रिपरिषद् २२ सदस्यीय बनेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७