बझाङमा गाईगोरु चराउन गएकी किशोरी बलात्कृत


२८ फाल्गुन २०८०, सोमबार
Rape 2

बझाङ । बझाङमा किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । प्रहरीले जबरजस्ती करणी आरोपमा बित्थडचिर गाउँपालिका –१ खुलमहरका ५५ वर्षीय खड्के बोहरालाई पकाउ गरेको हो । फागुन ११ गते दिउँसो १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोप बोहरामाथि छ ।

गाईगोरू चराउन गएको मौका छोपी बोहराले किशोरीलाई ललाइफकाइ र धाकधम्कीसहित जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख गरिएको छ । किशोरीका परिवारले जाहेरी दिएको केही समयमै प्रहरीले बोहरालाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी दिपेश चौधरीका अनुसार पकाउ परेका बोहरामाथि जिल्ला अदालत बझाङबाट पाँच दिनको म्याद थपेर जबरजस्ती करणी सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७