१५ शाखा अधिकृत उपसचिवमा बढुवा सिफारिस (सूचीसहित)


२९ फाल्गुन २०८०, मंगलवार
sanghiya

काठमाडौँ । १५ जना शाखा अधिकृत उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन् । कार्यक्षमता र ज्येष्ठता तथा कार्यसम्पादन मूल्याङ्कका आधारमा विभिन्न सेवामा राजपत्रांकित तृतीय श्रेणीबाट राजपत्रांकित द्वितीय श्रेणीमा बढुवाका लागि सिफारिस भएका हुन् । नेपाल शिक्षा सेवाका १२ जना र नेपाल विविध सेवाका तीन जना गरेर १५ जना शाखा अधिकृत उपसचिवमा बढुवाका लागि सिफारिस भएका हुन् ।

कार्यक्षमताको आधारमा बढुवा हुनका लागि ४३ जनाले उम्मेदवारी दिएकोमा ३७ जनाको उम्मेदवारी कायम भएको थियो । जसमा पहिलो नम्बर तारानाथ निरौला, दोस्रो नम्बरमा नृपध्वज मगर, तेस्रो नम्बरमा दिनेशप्रसाद देवकोटा, चौथो नम्बरमा तारा पाण्डे, पाचौँ नम्बरमा सुर्यबहादुर खत्री र छैटौ नम्बरमा प्रकाशबन्धु अर्याल शाखा अधिकृतबाट उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन् ।

यस्तै ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कमा आधारमा हुने बढुवाका लागि ३० जनाले उम्मेदवारी दिएकोमा २६ जनाको उम्मेदवारी कायम भएको थियो । जसमा पहिलो नम्बरमा तारापती खरेल, दोस्रो नम्बरमा मोतिप्रसाद भट्टराई, तेस्रो नम्बरमा हेमराज खतिवडा, चौथो नम्बरमा युवराज अधिकारी, पाचौँ नम्बरमा सुवर्णकुमार खड्का र छैटौ नम्बरमा भिमप्रसाद पनेरु शाखा अधिकृतबाट उपसचिवमा बढुवाका लािग सिफारिस भएका छन् ।

नेपाल विविध सेवातर्फ कार्यक्षमताका आधारमा बढुवाका लागि १४ जनाले उम्मेदवारी दिएकोमा १३ जनाको उम्मेदवारी कायम भएको थियो । जसमध्ये पहिलो नम्बरमा क्षितिज भट्टराई र दोस्रो नम्बरमा पदमबहादुर भण्डारी शाखा अधिकृतबाट उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन् । नेपाल विविध सेवातर्फ नै कार्यक्षमताकै आधारमा बढुवाका लागि सात जनाले उम्मेदवारी दिएकोमा सात जनाकै उम्मेदवारी कायम भएको थियो । जसमध्येबाट निर्मला कार्की शाखा अधिकृतबाट उपसचिवमा बढुवाका लागि सिफारिस भएकी छन् ।
हेर्नुस् सूची

1 1
2 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७