सोमालियाली डाँकाको अपहरणमा पर्‍यो बंगलादेशी कार्गो जहाज, ३२ बन्धक


१ चैत्र २०८०, बिहीबार
daka

काठमाडौं । हिन्द महासागरमा एक बंगलादेशी कार्गो जहाज समुद्री डाकूहरूले अपहरण गरेका छन् । सोमालियाका डाकुहरूले अपहरण गरेका जहाजमा रहेका करिब २३ जनालाई बन्धक बनाइएको छ ।

सो जहाजका मालिकका अनुसार ‘एमभी अब्दुल्लाह’ नामको सो कार्गो जहाजले ५५ हजार टन कोइला बोकेर सोमालियाको दिशातर्फ गएको थियो । गत मंगलबार हिडेको सो कार्गो जहाज अचानक सोमालिया नजिक पुगेपछि समुद्री डाकुहरूले आक्रमण गरेका हुन् ।

‘१५–२० सोमाली समुद्री डाकुहरूको समूहले जहाज अपहरण गरेका छन्,’ सो जहाजका मालिक कबीर स्टिल रि–रोलिङ मिल्सका प्रमुख कार्यकारी अधिकृत मेहरुल करीमले भने । उनका अनुसार बल्क कमोडिटी क्यारियर मोजाम्बिकबाट संयुक्त अरब इमिरेट्सको लागि यात्रा गरिरहेको थियो र सोमालियाको राजधानी मोगादिसुबाट करिब ८ सय समुद्री माइल पूर्वमा हिन्द महासागरमा आक्रमण भएको समुद्री सुरक्षा फर्म एम्ब्रेले जनाएको छ ।

कबीर स्टिल रि–रोलिङ मिल्सले बन्धक बनाइएका चालक दलका एक सदस्यको अडियो सन्देश जारी गरेको छ ।बन्दुकधारीहरू दुईवटा स्पीड बोटमा आएर जहाजमा चढ्ने क्रममा गोली चलाएको उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७