लामिछानेलाई गृहमन्त्री नमान्ने कांग्रेसको अडान : आज विधेयक पेश गर्न नदिने तयारी


२ चैत्र २०८०, शुक्रबार
samsad rabi

काठमाडौं । सहकारी ठगीमा मुछिएका सांसदलाई गृहमन्त्रीको जिम्मा लगाएको भन्दै प्रतिनिधि सभामा विरोध गरिरहेको कांग्रेसले विधेयक पेश गर्न नदिने रणनीति बनाएको छ । आज (शुक्रबार) बिहान बस्ने प्रतिनिधि सभा बैठकमा गृहमन्त्री रवि लामिछानेले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यक्रम छ ।

रविलाई गृहमन्त्री बनाएको सम्बन्धमा कांग्रेसले संसद्मा प्रधानमन्त्रीको जवाफ माग्दै आएको छ । प्रधानमन्त्रीबाट चित्त बुझ्दो जवाफ नआए सदन अवरोध गर्ने चेतावनी कांग्रेसले दिएको छ । कांग्रेस प्रमुख सचेतक रमेश लेखकले यसअघि एमाले र रास्वपाले नै छानबिनको दायरामा रहेका र प्रश्न उठेका व्यक्ति मन्त्रीमा रहन नहुने भनेर सदनको कारवाही रोकेको स्मरण गराउँदै गृहमन्त्री लामिछानेको सन्दर्भमा दोहोरो मापदण्ड देखाउन नमिल्ने बताए । कांग्रेसले गृहमन्त्रीलाई विधेयक पेश गर्न नदिने तयारी गरेपछि सभामुखले प्रमुख सचेतकहरूलाई छलफलका लागि बोलाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७