एमालेले भन्यो–सुन तस्करी प्रकरणमा हिजो हामीले उठाएको विषय सही प्रमाणित भयो


२ चैत्र २०८०, शुक्रबार
mahesh bartaula samsad
फाइल फोटो

काठमाडौं । नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठनका लागि तत्कालीन समयमा संसदमा दिइएको दबाब र अवरोध सही साबित भएको बताएको छ ।

पूर्व न्यायाधीश डिल्लीराम आचार्य नेतृत्वको छानबिन आयोगले सीआईबीको अनुसन्धानमा गम्भीर लापरवाही देखाउँदै विभागीय कारबाहीको सिफारिस गरेको छ । एमालेका प्रमुख सचेतक महेश बर्तौलाले छानबिन आयोगमार्फत तस्करीको अनुसन्धान गर्न त्यसबेला आफूहरूले उठाएको विषय अहिले आएर सही प्रमाणित भएको बताए ।

बर्तौलाले भने, ‘हामीले त्यसबेला राज्यको उच्च पदस्थ व्यक्तिको संलग्नता विना त्यति ठूलो अपराध हुनै सक्दैन भनेर आयोगको माग गरेका थियौँ । हाम्रो मागमा त्यसबेला निकै विवाद र बहस भयो तर अहिले आएर आयोगले जे प्रतिवेदन दियो त्यसले एमालेको आशंका सही रहेछ भन्ने पुष्टि भयो । हिजो हामी आयोग माग गर्ने ठाउँमा थियौँ, अब त्यसलाई कार्यान्वयन गर्ने ठाउँमा आइपुगेका छौँ ।’ प्रमुख सचेतक बर्तौलाले छानबिन आयोगको प्रतिवेदन तत्काल कार्यान्वयनमा लगेर विभागीय कारबाही गर्नुपर्नेलाई गर्ने र दोषी ठहर भएकालाई मुद्दा चलाउने प्रक्रियामा जानुपर्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७