कार्य व्यवस्था परामर्श समिति सदस्यमा एमालेकी सचेतक सुनिता बराल मनोनीत


२ चैत्र २०८०, शुक्रबार
Sunita Baral1631965504

काठमाडौं । प्रनिनिधिसभालाई नेकपा एमालेकी सचेतक सुनिता बराल कार्य व्यवस्था परामर्श समिति सदस्यमा मनोनीत भएको जानकारी गराइएको छ ।

आज (शुक्रबार) बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समिति सदस्यमा बराल मनोनीत भएको जानकारी गराएका हुन् । यसअघि एमालेको तर्फबाट कार्य व्यवस्था परामर्श समिति सदस्य रहेका पदम गिरी कानुनमन्त्री भएपछि बराललाई सदस्यमा मनोनीत गरिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७