राष्ट्रपतिमा पाँचौ पटक चुनाव जितेका पुटिनलाई ७ करोड ६० लाख रसियालीले दिए मत


६ चैत्र २०८०, मंगलवार
putin

मस्को । भ्लादिमिर पुटिनले रुसको राष्ट्रपति पदका लागि लगातार पाँचौं पटक चुनाव जितेका छन् । उनले रूसी चुनाव २०२४ मा करिब ८८ प्रतिशत मत ल्याएर जितेका हुन् । रुसको केन्द्रीय निर्वाचन आयोगले सोमबार राष्ट्रपतीय निर्वाचनमा भ्लादिमिर पुटिन विजयी भएको जनाएको छ । उनले कीर्तिमानी मत ल्याएर पाँचौं कार्यकाल राष्ट्रपतिमा निर्वाचित गरेका हुन् । ७१ वर्षीय पुटिनले सन् १९९९ यता एक पटक पनि चुनाव हारेका छैनन् ।

रुसको केन्द्रीय निर्वाचन आयोगले सोमबार करिब १०० प्रतिशत क्षेत्रको मतगणना भएको र पुटिनले ८७.२९ प्रतिशत मत प्राप्त गरेको बताएको छ । आयोगका प्रमुख एला पाम्फिलोभाले पुटिनलाई करिब ७ करोड ६० लाख मानिसले मतदान गरेको बताइन्, जुन उनले अहिलेसम्म पाएको सबैभन्दा बढी मत हो । यस चुनावमा पुटिनको जितले देशको राजनीतिक प्रणालीमा उनको नियन्त्रणलाई रेखांकित गर्दछ । पुटिनको सामना गर्ने तीन जना मात्र उम्मेदवार थिए । युक्रेन युद्धको विरोध गर्ने जो कोहीलाई पुटिनकोविरुद्धमा भाग्न अनुमति थिएन ।

रुसी संविधानमा कुनै पनि व्यक्ति लगातार दुई कार्यकालभन्दा बढी राष्ट्रपति बन्न नपाउने व्यवस्था छ । जसका कारण मे ८, २००८ मा पुटिनले आफ्ना प्रधानमन्त्री दिमित्री मेदवेदेवलाई रुसको राष्ट्रपति बनाए र स्वयम् आफू भने प्रधानमन्त्री बनेका थिए । नोभेम्बर २००८ मा् दिमित्रीले राष्ट्रपतिको कार्यकाल ४ बाट ६ वर्षमा बढाउन संविधान संशोधन गरेका थिए । यसपछि सन् २०१२ मा पुटिन फेरि रुसको राष्ट्रपति बने । जनवरी २०२० मा पुतिनले संवैधानिक संशोधनमार्फत दुई कार्यकालको राष्ट्रपतिको सीमा समाप्त गरे । योसँगै पुटिनलाई सन् २०३६ सम्म राष्ट्रपति बन्ने बाटो खुलेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७