पार्टी उपाध्यक्ष महराबारे छलफल गर्न माओवादी पदाधिकारी बैठक सुरू


६ चैत्र २०८०, मंगलवार
maobadi samsadiya 1 1 scaled
फाइल फोटो

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरू भएको छ । पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेपछि भिन्न परिस्थितिमा छलफल गर्नका लागि सो बैठक बोलाइएको हो । बैठक बिहान ८ बजेदेखि सुरू भएको हो । बैठकमा समसमायिक राजनीतिक बिषयमा कुराकानी हुने तथा पदाधिकारीदेखि केन्द्रिय नेताहरूको कार्यबिभाजनको बारेमा पनि छलफल हुने जनाइएको छ ।

महरामाथि विद्युतीय चुरोट (भेप) मा सुन तस्करी गरेको आरोप छ । महराका छोरा राहुलविरुद्ध पनि मुद्दा चलिरहेको छ । राहुलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारमा समातिएको सुन छुटाउन दबाब दिएको आरोप छ । महरालाई अनुसन्धानका लागि ४ दिन पुर्पक्षमा राख्रन अदालतले अनुमति दिएपछि माओवादीले पदाधिकारी बैठक बोलाएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७