लोसपाको केन्द्रिय समिति बैठक आज पनि जारी, १० समूहमा छलफल


७ चैत्र २०८०, बुधबार
losapa baithak scaled

काठमाडौं । लोकतान्त्रिक समाज पार्टी नेपालको केन्द्रिय समितिको बैठक आज (बुधबार) पनि जारी रहने छ । महोत्तरीको बर्दिवासमा हिजोदेखि सुरू भएको बैठक आज पनि जारी रहने भएको हो ।

राजेन्द्र महतोले पार्टी परित्याग गरेर हिंडेपछि भिन्न स्थितिका बारेमा छलफल गर्नका लागि समेत लोसपाले केन्द्रिय समिति बैठक बोलाएको हो । बैठकमा जितेन्द्र सोनल, सर्वेन्द्रनाथ शुक्ला र रामप्रकाश चौधरीले प्रस्तुत गरेको प्रतिवेदनलाई छलफल गरेर निष्कर्ष निकालिने जनाइएको छ ।

नेताहरूले प्रस्तुत गरेको प्रतिवेदनलाई छलफल गर्न १० वटा समूह निर्माण गरिएको र उनीहरुले रायसहितको निष्कर्ष दिएपछि प्रारम्भिक चरणको बैठक समापन गरिने प्रवक्ता आभाष लाभले जानकारी दिए । बैठकमा ६४ जना पदाधिकारीसहित केन्द्रिय समितिका ३११ सदस्य उपस्थित रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७