कोदालो प्रहारबाट श्रीमतीको हत्या, आक्रमणबाट डेरा बस्ने दुई पालिका कर्मचारी पनि गम्भीर घाइते


८ चैत्र २०८०, बिहीबार
latest News nayapage1 scaled

बैतडी । बैतडीमा एक पुरुषले कोदालो प्रहार गरी श्रीमतीको हत्या गरेका छन् भने दुई जनालाई गम्भीर घाइते भएका छन् । डिलाशैनी गाउँपालिका–७ धामीगाउँका ६२ वर्षीय किसनसिंह धामीले कोदालो प्रहार गरी आफ्नी ५६ वर्षीया श्रीमती पार्वती धामीको हत्या गरेका हुन् ।

आज (बिहीबार) बिहान ९ बजेतिर किसनले आफ्नी श्रीमतीलाई कोदालो प्रहार गरेको र त्यसपछि उनकै घरमा डेरा गरी बसेका सुभास कलौनी र देवराज भट्टमाथि कोदालो प्रहार गरेको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिएका छन् । दशरथचन्द नगरपालिका–९ घर भएर डिलाशैनी गाउँपालिकामा उद्यम विकास शाखा प्रमुखका रूपमा कार्यरत २९ कलौनी र कार्यालय सहयोगीका रूपमा कार्यरत २६ वर्षीय भट्ट घाइते भएका हुन् ।

घाइतेहरूलाई थप उपचारका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर मगाएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । घटनाको कारण अझै खुल्न सकेको छैन् । किसनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक खेमविक्रम केसी नेतृत्वको टोली घटनास्थलतर्फ गएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७