हिरासतमा बस्नु पर्नेलाई अस्पताल जानबाट रोक्न गृहमन्त्री लामिछानेले थाले परामर्श


९ चैत्र २०८०, शुक्रबार
rabi 2

काठमाडौँ । प्रहरीले नियन्त्रणमा लिएपछि हिरासतमा बस्नुपर्ने व्यक्ति अस्पताल जाने प्रवृत्तिबारे उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेपाल मेडिकल काउन्सिलका प्रतिनिधिसँग परामर्श गरेका छन् । काउन्सिलका प्रतिनिधिलाई बोलाएर मन्त्री लामिछानेले स्वस्थ व्यक्ति समेत हिरासत छल्ल अस्पताल बस्ने प्रवृत्ति रोक्न काउन्सिलबाट सुझाव मागेका हुन् ।

छलफलमा गृहमन्त्री लामिछानेले विदेशका व्यवस्थासहित नेपालमा हालसम्म भएका घटना र प्रवृत्तिको अध्ययन बेथिति न्यूनीकरणका उपायसहितको प्रतिवेदन दिन आग्रह गरे । यसबारे मन्त्रालयले सोमबार काउन्सिललाई पत्राचार गर्नेछ ।
छलफलमा सहभागी काउन्सिलका सदस्य डा. कुञ्जाङ शेर्पाले यो प्रवृत्तिबारे गृह मन्त्रालयले पहिलो पटक चासो राखेको बताएका छन् । छलफलमा डा. शेर्पासहित काउन्सिलका सदस्यहरु डा. रुपक घिमिरे, डा. प्रणयरत्न शाक्य र डा. कालुसिंह खत्री सहभागी थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७