छाउरीखोलामा टाउको र शरीर छुट्टिएको अवस्थामा शव फेला


११ चैत्र २०८०, आईतवार
death
सांकेतिक तस्वीर

उदयपुर । उदयपुरको कटारी नगरपालिका–५ छाउरी खोला नजिक विभत्स अवस्थामा एक पुरुषको शव फेला परेको छ । भुल्केस्थित छाउरी खोला छेउमा नाम, थर, वतन नखुलेको पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।

शव खोला किनाराको घारीमा टाउको एकातिर अर्कोतर्फ शरीरको तल्लो भाग भेटिएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख (डिएसपी) सुवास राईले जानकारी दिए ।

स्थानीयले बेवारिसे अवस्थामा शव देखेपछि इलाका प्रहरी कार्यालय कटारीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय कटारीका प्रहरी निरीक्षक उमेश महतोको नेतृत्वमा प्रहरीले घटनास्थलमा पुगी प्रारम्भिक अनुसन्धान गरी शवलाई पोस्टमार्टमको लागि कटारी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७