बागमती सरकारमा फर्कियो एमाले, थपलिया फेरि बने आर्थिक मामिलामन्त्री


१७ चैत्र २०८०, शनिबार
jagannath thapaliya 1

मकवानपुर । नेकपा (एमाले) बागमती प्रदेश सरकारमा फर्किएको छ । एमाले बागमती संसदीय दलका नेता जगन्नाथ थपलियाले आर्थिक मामिला तथा योजना मन्त्रीको शपथ लिएका छन् । शनिबार साँझ उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

केन्द्र सत्ता समीकरणअनुसार मुख्यमन्त्री शालिकराम जम्कट्टेलले एमालेका थपलियालाई मन्त्री नियुक्त गरेका हुन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ को उपधार ९ बमोजिम थपलियालाई पद तथा गोपनियताको सपथ गराएका हुन् ।
प्रदेश सरकारको दोस्रो कार्यकालमा थपलिया दोस्रो पटक अर्थ मन्त्री बनेका छन् । यसअघि २६ पुस २०७९ मा अर्थ मन्त्रीमै नियुक्त भएका थपलियाले केन्द्रीय सत्ता समीकरण फेरिएसँगै १० चैत्र २०७९ मा पदबाट राजीनामा दिएका थिए ।

अघिल्लो बर्ष चैतको दोस्रो हप्ता बागमती प्रदेश सरकारबाट बाहिरिएको एमालेले पछिल्लो बर्ष चैतको तेस्रो हप्ता सरकारमा प्रवेश पाएको हो । यो एक बर्ष नेकपा एमाले प्रमुख प्रतिपक्ष दलको भूमिकामा रहेको थियो । थपलिया मुख्यमन्त्रीकै दौडमा थिए । तर केन्द्रले हाल बागमतीको नेतृत्व माओवादीले नै लिने भन्ने निर्देशन दिएपछि व्याक हुनपरेको हो । मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत लिएपछि मात्रै एमालेका बाँकी मन्त्री नियुक्त हुने एमाले बागमतीका सचेतक मधूसुदन पौडेलले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७