सुदूरपश्चिममा आज सार्वजनिक बिदा


१९ चैत्र २०८०, सोमबार
sarbajanik bida

काठमाडौं । सुदूरपश्चिम प्रदेशले सरकारले आज (सोमबार) सार्वजनिक बिदा दिएको छ । सुदूरपश्चिमका राना थारु समुदायको मुख्य पर्वको रूपमा रहेको खखडेहराको अवसरमा प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको हो । राना थारू समुदायको सबैभन्दा ठूलो पर्व होरीको अन्तिम दिनका रूपमा खखडेहरा पर्व मनाइने चलन रहेको छ ।

सुदूरपश्चिम प्रदेश सरकारको २०७९ चैत्र २२ गते बसेको मन्त्रीपरिषद्को निर्णय अनुसार प्रदेश सरकारले राजपत्रमा प्रकाशित २०८० सालका सार्वजनिक बिदा अनुरूप चैत्र १९ गते सार्वजनिक बिदा दिने निर्णय गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालय धनगढीका सचिव सुशील वैद्यले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७