हिजोका अधिकांश क्रान्तिकारी नयाँ सत्ताको चास्नीमा डुबे : डा. बाबुराम भट्टराई


१९ चैत्र २०८०, सोमबार
Baburam bhattarai 1
फाइल फोटो

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले हिजोका अधिकांश क्रान्तिकारी नयाँ सत्ताको चास्नीमा डुब्दै गर्दा देशको आर्थिक–सामाजिक रूपान्तरणको काम अधूरै रहेको टिप्पणी गरेका छन् ।

आइतबार राति सामाजिक सञ्जाल एक्समा उनले पञ्चायतकालमा गरेको संघर्षको सम्झना गर्दै भट्टराईले २०३३/३४ सालदेखि चर्किएको संघर्षले ४७ सालमा बहुदल पुनःस्थापना भएको बताएका छन् । परिवर्तन अपूरो भयो भनेर आफूहरूले १० वर्ष सशस्त्र विद्रोह गरेको र त्यसको पूरक जनआन्दोलन मधेश विद्रोह लगायतका संघर्षको बलमा देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आएको उनको दाबी छ ।

उनले क्रान्तिमा सहभागी भएकाहरू नै सत्ताको चास्नीमा डुबेर रूपान्तरणको काम भुलेको आरोप लगाएका छन् । आफूहरू जस्ता केहीले राजनीतिको पुनःसंरचनाको कुरा गर्दा मूर्ख सावित हुनुपरेको भन्दै उनले दुःख व्यक्त गरेका छन् । ‘हिजोका अधिकांश क्रान्तिकारीहरू नयॉ सत्ताको चास्नीमा क्रमशः डुब्दै गए ! देशको आर्थिक÷सामाजिक रूपान्तरणको काम अधूरै रह्यो ! युवाहरूमा चरम निराशा छाएर विदेश पलायन भइरहेछन्’, उनले लेखेका छन्, ‘बाबुरामहरू जस्ता केही ‘मूर्ख’ हरू नयॉ ढंगले राजनीतिको अग्रगामी पुनर्संरचना गरौँ र नयाँ आर्थिक क्रान्ति गरौँ भनेर हारगुहार गरिरहेछन् ! तर त्यो अरण्यरोदन बनिरहेछ !’

उनले गल्ती सच्याउन र इतिहास दोहोरिन नदिन सुझाव दिएका छन् । नयाकक पुस्तालाई थाहा नहुन सक्छ ! तर मलाई झलझली सम्झना छ– देशको अहिलेको राजनीतिक अवस्था करीब करीब २०३३/०३४ सालको निरंकुश पन्चायती कालरात्री जस्तो छ ! मण्डलेतन्त्रको बिगबिगी थियो । जनतामा चरम निराशा थियो । प्रतिबन्धित पार्टीहरू टुटफुटबाट गुज्रिरहेका थिए । बिपी भित्र बाहिर सबैतिरबाट चेपिएर ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७