एकीकृत समाजवादीलाई सुदूरपश्चिममा मुख्यमन्त्री, बागमतीमा आलोपालो


१९ चैत्र २०८०, सोमबार
Prachanda kp madhav
फाइल फोटो

काठमाडौं । सत्ता गठबन्धनमा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नेकपा (एकीकृत समाजवादी) लाई दिने सहमति भएको छ ।एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सातमध्ये कम्तीमा एक मुख्यमन्त्री आफ्नो पार्टीलाई हुनुपर्ने अडान गठबन्धन बैठकमा राखेका थिए ।

बालुवाटारमा आज (सोमबार) भएको गठबन्धन बैठकमा एकीकृत समाजवादीलाई तत्काल सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री दिने सहमति भएको बालुवाटार स्रोतले जानकारी दिएको छ । बैठकमा सत्तारूढ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादी अध्यक्ष नेपालबीच छलफल भएको थियो ।

बागमती प्रदेशमा आलोपालो मुख्यमन्त्री बन्ने पनि सहमति भएको छ । योसँगै बागमतीमा माओवादी केन्द्र संसदीय दल नेता शालिकराम जम्कट्टेललाई सोमबार एकीकृत समाजवादीले विश्वासको मत दिने भएको छ । जम्कट्टेलपछि एकीकृत समाजवादी संसदीय दल नेता कृष्ण खनाल मुख्यमन्त्री बन्ने समझदारी बनेको स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७