चीनले चौथो पटक जारी गर्‍यो अरुणाचल प्रदेशका ३० स्थानको नयाँ नाम


१९ चैत्र २०८०, सोमबार
china

काठमाडौँ । चीनले अरुणाचल प्रदेशका केही स्थानलाई नयाँ नाम दिएको छ । यसको चौथो सूचीमा ३० स्थानका नयाँ नाम समावेश रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । अरुणाचल प्रदेशमा आफ्नो दाबी बलियो बनाउन चीनले यहाँका ठाउँको नयाँ नाम जारी गर्दै आएको छ ।

यद्यपि भारतले उनीहरुलाई अस्वीकार गर्दै आएको छ । भारतले चीनको नयाँ नामले सत्य परिवर्तन नहुने र अरुणाचल प्रदेश भारतको अभिन्न अंग भएको बताएको छ । चीनको आधिकारिक पत्रिका ‘ग्लोबल टाइम्स’ को रिपोर्ट अनुसार चीनको नागरिक मामिला मन्त्रालयले जाङ्गन (चीनको अरुणाचल प्रदेशको नयाँ नाम) मा ३० स्थानको नयाँ नाम जारी गरेको हो ।

रिपोर्टमा २०१७ मा चीनले अरुणाचल प्रदेशको नयाँ नामहरूको पहिलो सूची जारी गरेको थियो । जसमा ६ वटा नयाँ नाम समावेश भएका थिए । २०२१ मा १५ स्थानको नयाँ नाम दिइएको थियो । जहाँ २०२३ मा ११ नयाँ नामहरूको सूची जारी गरिएको थियो । हालै चीनले प्रधानमन्त्री नरेन्द्र मोदीको अरुणाचल प्रदेश भ्रमणमा पनि आपत्ति जनाएको थियो । त्यहाँ प्रधानमन्त्रीले सेनासँग सम्बन्धित केही आयोजनाको उद्घाटन गरेका थिए । चीनले यस विषयमा आपत्ति जनाएपछि भारतले त्यसको जवाफ दिँदै अरुणाचल प्रदेश भारतको अभिन्न अंग भएको बताएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७