समाजवादीका सांसद नआएपछि मुख्यमन्त्रीले विश्वासको मत लिने बैठक ४ बजेसम्म स्थगित


१९ चैत्र २०८०, सोमबार
salikram jamarkattel
फाइल फोटो

काठमाडौं । बागमती प्रदेशसभा बैठक आज (सोमबार) अपराह्न ४ बजेसम्मका लागि स्थगित भएको छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक अपराह्न ४ बजेसम्मका लागि सूचना टाँस गरेर स्थगित गरिएको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।

बैठक बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको भए पनि सत्ता गठबन्धनमा देखिएको खटपटका कारण बैठक बस्न ढिलाइ भएको छ । एकीकृत समाजवादीकी प्रदेशसभा सदस्य रमा आले मगर बैठकमा सहभागी हुन नगएपछि समस्या उत्पन्न भएको छ । उनले मन्त्री माग्दै बैठकमा नगएको बताइएको छ । उनलाई गठबन्धनका नेताहरूले मन्त्री बनाउने आश्वासन दिएपछि उनी काठमाण्डुबाट हेटौंडामा पुग्न लागेकी जनाइएको छ ।

सोमबार बिहान बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी ओली र नेकपा एसका अध्यक्ष माधव नेपालबीचको छलफलपछि नेकपा एस बागमती सरकारलाई विश्वासको मत दिन तयार भएको थियो । तर, सांसद बैठकमा नआएपछि बागमती सरकार धरमरमा परेको हो । सरकार टिकाउन जम्कट्टेललाई ५६ मत आवश्यक पर्छ । सत्ता गठबन्धन दलहरू एमालेका २७, माओवादी केन्द्र २१ र एकीकृत समाजवादीका ७ गरी ५५ मत छ  । त्यसमा हाम्रो नेपाली पार्टीका २ सांसदको मत पाउँदा सरकारको पक्षमा बहुमत पुग्छ । बागमती प्रदेशसभाको विपक्षी बेन्चमा कांग्रेसका ३७, राप्रपाका १३ र नेमकिपाका ३ सांसद छन् ।

Bagmati Pradesh Baithak

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७