सचिवहरूको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)


१९ चैत्र २०८०, सोमबार
pm office 1

काठमाडौं । सरकारले विभिन्न निकायका सचिवहरूको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले वित्त आयोगका सचिव कृष्णबहादुर राउतलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरेको छ ।

उद्योगका सचिव मुकुन्द निरौलालाई भने उपराष्ट्रपति कार्यालयमा सरुवा गरिएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ । त्यस्तै उपराष्ट्रपति कार्यालयका सचिव मधुसुदन बुर्लाकोटी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा भएका छन् ।

मधेस प्रदेशका प्रमुख सचिव दिनेशकुमार घिमिरे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको वाणिज्य सचिवमा सरुवा भएका छन् भने त्यहाँ कार्यरत नारायणप्रसाद शर्मा दुवाडी निर्वाचन आयोगमा सरुवा भएका छन् । बागमती प्रदेश प्रमुख सचिव घनश्याम उपाध्याय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिवमा सरुवा भएका छन् ।

यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सरुवा भएका छन् भने त्यहाँ कार्यरत सचिव गोपालप्रसाद सिग्देल भौतिक पूर्वाधार मन्त्रालयमा सरुवा भएका छन् । त्यस्तै जल तथा ऊर्जा आयोगको सचिवालयकी सचिव सरिता दवाडीलाई सिँचाइमा लगिएको छ भने त्यहाँ कार्यरत सुशील चन्द्र तिवारीलाई ऊर्जा आयोगमा पठाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७