विश्वासको मत तीन घण्टा ढिलो गराएकी सांसद आले बनिन् बाग्मतीमा मन्त्री


२० चैत्र २०८०, मंगलवार
rama aalemagar

हेटौंडा । बागमती प्रदेशमा नेकपा (एकीकृत समाजवादी) का सांसद रमा आले मगर मन्त्री नियुक्त भएकी छन् । उनलाई मुख्यमन्त्री शालिकराम जम्कट्टेलले हिजो बेलुका विना विभागीय मन्त्रीमा नियुक्त गरेको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

आलेले आज (मंगलबार) बिहान शपथ ग्रहण गर्ने तयारी छ । सांसद रमा आले मगर एकीकृत समाजवादीबाट प्रदेशमा प्रत्यक्ष निर्वाचित एक्लो महिला सांसद हुन् । उनी काठमाडौं प्रतिनिधिसभा क्षेत्र नम्बर–१० को प्रदेश ‘ख’ बाट निर्वाचित भएकी हुन् ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले तेस्रो पटक हिजो विश्वासको मत प्राप्त गरेका हुन् । हिजो बागमतीका मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई विश्वासको मत दिने बेला प्रदेश सभा बैठकमा तीन घण्टासम्म उपस्थित नभएकी सांसद आलेमगरले मन्त्रीमा बार्गेनिङ गरेर अलमल गरेको चर्चा थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७