कर्णालीमा अन्योलता : के होला विश्वासको मत लिने शर्माको प्रस्ताव ?

कर्णालीको विवाद मिलाउन प्रचण्डले पठाए शाहीलाई सुर्खेत


२० चैत्र २०८०, मंगलवार
Raj kumar sharma karnali
फाइल फोटो

कर्णाली । नयाँ सत्ता समीकरणका दलबीच भएको सहमति अनुसारमा कर्णालीमा नेकपा एमालेलाई मुख्यमन्त्री दिने सहमति भए पनि मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिने कार्यसूची रहेको छ ।

यसअघि सोमबार केन्द्रमा सहमति भएपनि प्रदेशमा विश्वासको मत लिने प्रस्ताव दर्ता भइसकेकाले कर्णालीमा राजनीतिक अन्योलता बढेको छ । मुख्यमन्त्री शर्माले विश्वासको मत लिन आज ३ बजे प्रदेश सभाको बैठक बोलाइएको छ । माओवादीमा भने कर्णालीको नेतृत्व एमालेलाई दिने विषयमा एक मत नभएपछि समस्या आएको छ ।

कर्णालीमा माओवादीको पकड रहेकाले प्रदेशको नेतृत्व एमालेलाई दिन नहुने पक्षमा उपमहासचिव जनार्दन शर्मासहितका नेताहरु रहेका छन् । तर पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेलाई दिने सहमति गरेपछि माओवादी भित्र विवाद बढेको छ । माओवादीको एक पक्ष विश्वासको मत लिनुपर्नेमा जोडदिदै रणनीति बनाउन व्यस्त देखिएका छन् भने अर्को पक्षले केन्द्रको सहमति तोडेर जान नहुने पक्षमा रहेको देखिएको छ ।

त्यस्तै एमालेले भने केन्द्रको सहमति पालना गरेर विश्वासको मत लिने प्रस्ताव फिर्ता लिनुपर्ने बताएको छ । गत फागुन २२ गते नेपाली कांग्रेस सरकारबाट बाहिरिदै समर्थन फिर्ता लिएपछि संबिधान अनुसार मुख्यमन्त्री शर्माले विश्वासको मत लिने आज अन्तिम दिन हो ।

मुख्यमन्त्री शर्माले केन्द्रको निर्देशन विपरित विश्वासको मत लिन खोजेमा विश्वासको मत लिन उनलाई एमाले वा कांग्रेसको मत आवश्यक पर्ने गर्दछ । विकसित घटनाक्रम अनुसार एमालेले विश्वासको मत दिने सम्भावना कम रहेको बताइएको छ भने कांग्रेस सरकारबाट बाहिरिएका विश्वासको मत दिने सम्भावना रहेको देखिदैन । ४० सदस्य रहेको कर्णाली प्रदेशमा कांग्रेसका १४, माओवादी केन्द्रका १३, एमालेका १० तथा राप्रपा, एकीकृत समाजवादी र स्वतन्त्रको एक एक सिट रहेको छ ।

कर्णालीको विवाद मिलाउन प्रचण्डले पठाए शाहीलाई सुर्खेत
सत्तारुढ केन्द्रीय गठबन्धनले कर्णालीलाई एमालेको भागमा पारेपछि कर्णालीको माओवादीभित्र विवाद बढेको छ । मुख्यमन्त्री राजकुमार शर्माले केन्द्रको निर्णयविरुद्ध आज विश्वासको मत लिने बताइरहेका छन् । यहाँ सांसदहरू एकातिर र पार्टी एकातिर बनेको छ । प्रदेशको विवाद मिलाउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्व मुख्यमन्त्री एवम् माओवादीका प्रभावशाली नेता महेन्द्रबहादुर शाहीलाई सुर्खेत पठाएका छन् ।

शाही वीरेन्द्रनगरमा पुगेर पनि छलफल थालेका छन् । अहिले मुख्यमन्त्रीको निवासमा शाहीसहित माओवादी प्रदेश इञ्चार्ज कालीबहादुर मल्ल, मुख्यमन्त्री शर्माबिच छलफल चलिरहेको छ । प्रदेश अध्यक्ष विमला केसी भने त्यहाँ उपस्थित नरहेको स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७