सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका बिरामी स्लेमन अस्पतालबाट डिस्चार्ज


२२ चैत्र २०८०, बिहीबार
pig

वाशिङ्टन डीसी । जिन हेरफेर गरिएको सुँगुरको मिर्गौला प्रत्यारोपण गरेका बिरामी अस्पतालबाट डिस्चार्ज भएर घर गएका छन् । ६२ वर्षका रक स्लेमनलाई बुधबार घर पठाइएको हो । म्यासाचुसेट्स जनरल अस्पताल (एमजीएच) मा दुई हप्ताअघि शल्यक्रिया गरेर स्लेमनको शरीरमा सुँगुरको मिर्गौला हालिएको थियो ।

विगतमा जिन संशोधन गरिएको सुँगुरको अंग मानवमा प्रत्यारोपणको प्रयास असफल भएका थिए । तर यसमा देखिएको सफलतालाई वैज्ञानिकहरूले सराहना गरेका छन् । मानव मिर्गौला प्रत्यारोपण गरेको ५ वर्षमै समस्या आएपछि डाइलिसिस गराइरहेका स्लेम्यानलाई पुनः मिर्गौला चाहिएको थियो ।

मार्च १६ मा चार घण्टा लामो शल्यक्रियापछि डाक्टरहरूले जिन संशोधन गरिएको सुगुरको किड्नी उनको शरीरमा प्रत्यारोपण गरिदिए । किड्नीले स्लेम्यानको शरीरमा राम्रोसँग काम गरिरहेको अनि डाइलिसिस पनि नचाहिएको बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७