सचिव बढुवा हुने बेला पर्यटन मन्त्रालयका सहसचिव लामिछाने वाइडबडी भ्रष्टाचारमा मुछिए


२२ चैत्र २०८०, बिहीबार
waidbodi saha sachib

काठमाडौँ । सचिवमा बढुवा हुने लाइनमा रहेका पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने नेपाल वायु सेवा निगमका लागि दुईवटा वाइडबडी जहाज खरिदका क्रममा भएको भनिएको भ्रष्टाचार प्रकरणमा मुछिएका छन् ।

२४ अर्ब रुपैयाँका दुई जहाज खरिदका क्रममा एक अर्ब ४७ करोड अर्ब रुपैयाँ ४७ करोड १० लाख ८५ हजार ४८२ रुपैयाँ ८५ पैसा भ्रष्टाचार भएको निष्कर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निकालेको छ । यस प्रकरणमा तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाहीसहित ३२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाउँदा बहालवाला सहसचिव बुद्धिसागर लामिछाने पनि परेका हुन् ।

पर्यटन मन्त्रालयको नागरिक उड्डयन महाशाखाका सहसचिव लामिछानेविरुद्ध पनि अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा चलाएको हो । उनी लामो समयदेखि पर्यटन मन्त्रालयमा कार्यरत छन् । अख्तियारले तत्कालीन अवस्थामा नेपाल वायुसेवा निगम सञ्चालक समिति सदस्यका रुपमा रहेका लामिछानेसहित अधिकांशविरुद्ध भ्रष्टाचार मुद्दा अघि बढाएको हो ।लामिछानेसँगै भन्सार विभागका तत्कालीन महानिर्देशक एवम् नेपाल वायुसेवा निगमका तत्कालीन सञ्चालक समिति सदस्य शिशिरकुमार ढुङ्गाना, अन्य सदस्यहरू टेकनाथ आचार्य, निमानुरु शेर्पा र मुक्तिराम पाण्डेविरुद्ध पनि भ्रष्टाचार मुद्दा चलाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७