सन्दीपको मुद्दामा आज उच्च अदालतमा पेशी


२३ चैत्र २०८०, शुक्रबार
Sandeep Lamichhane

काठमाडौं । नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेको बलात्कार मुद्दामा आज (शुक्रबार) पाटन उच्च अदालतमा पेशी रहेको छ । आज अदालतमा मुद्दाको पुनरावलोकन हुने की नहुने तय हुने छ । गत १३ पुसमा सन्दीपलाई जिल्ला अदालत काठमाडौंले बलत्कार मुद्दामा दोषी ठहर गरेको थियो ।

न्यायाधीश शिशिरराज ढकालको इजलासले सन्दीपलाई बलत्कार मुद्दामा दोषी ठहर गर्दै किशोरी नाबालिग रहेको फैसला गर्दै उनलाई ८ वर्ष कैद, ३ लाख जरिवाना र २ लाख क्षतिपुर्ति भराउन आदेश दिएको थियो । त्यसपछि सन्दीप १० फागुनमा जिल्ला अदालतको आदेशविरुद्ध पुनरावेदनका लागि उच्च अदालतमा पुगेका थिए । सन्दीप उच्च अदालत पुगेलगतै १ चैतमा सरकारी पक्षपनि पीडित ‘गौशाला २६’ नाबालिक रहेको भन्दै उच्च अदालत पुगेको छ ।

अदालतले आजका लागि पेशी तोकेको छ । अपिलकर्ताले उच्च अदालतसमक्ष तल्लो अदालतको आदेशमा गम्भिर त्रुटि भएको भन्दै अपिल गर्ने गर्छन् । त्यसपछि अदालतले मुद्दालाई पुनरावलोकन गर्ने कि नगर्ने निर्णय लिनेछ । सन्दीपका कानुन ब्यवसायि सरोज कृष्ण घिमिरेले दुबै पक्ष उच्च अदालतमा पुगेकाले स्वभाविक रुपमा मुद्दा पुनरावलोकन हुने विश्वास ब्यक्त गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७