सन्दीप लामिछानेको मुद्दामा उच्च अदालतको ‘झझि’ आदेश


२३ चैत्र २०८०, शुक्रबार
Sandeep Lamichhane

काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनले झगडिया झिकाउन आदेश दिएको छ । न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले झगडिया झिकाउन आदेश दिएको हो ।

बलात्कार आरोपमा जिल्ला अदालत काठमाडौंले सन्दीप दोषी ठहर गरेपछि उनी जिल्लाको फैसलाविरुद्ध उच्च अदालत पुगेका थिए । जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई ८ वर्ष कैद र ३ लाख जरिवानाको फैसला सुनाएको थियो । सन्दीपले उक्त फैसला बदरको माग गरेका छन् ।

पुनरावेदन मुद्दामा यदि झगडिया झिकाइनु (झझि) एउटा औपचारिक प्रक्रिया हो । यदि तल्लो तहको अदालतले गरेका फैसलामाथि न्यायाधीशले पुनरावलोकन आवश्यक देखेको खण्डमा झझीको आदेश गर्ने गर्छन् । यो भनेको मुद्दाका दुवै पक्षहरुलाई बोलाउन वा खबर गर्न भनिएको हो ।

यदि तल्लो तहको अदालतले गरेको फैसला ‘क्लीन’ वा खोटमुक्त देखिएमा झझिको आदेश नहुन पनि सक्छ । यस्तो अवस्थामा जिल्ला अदालतले गरेको आदेश स्वतः सदर भएको मानिन्छ । जसलाई ‘सुरू सदर’ भन्ने गरिन्छ । सन्दीपको मुद्दामा झझी झिकाएर न्यायधीशले सुनवाइ आवश्यक रहेको सन्देश दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७