युरोप पठाउने भन्दै श्रीलंकनलाई काठमाडौँमा बन्धक बनाउने चार पाकिस्तानी पक्राउ


२३ चैत्र २०८०, शुक्रबार
4

काठमाडौं । वैदेशिक रोजगारीका लागि युरोप पठाई दिने भन्दै श्रीलंकन नागरिकलाई नेपालमा ल्याएर बन्धक बनाउने चार जना पाकिस्तान नागरिक पक्राउ परेका छन् । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई पक्राउ गरी बन्धकको उद्धार गरेको छ । पक्राउ पर्नेमा पाकिस्ताको रावलपिण्डीका ५७ जुबेर अम्जाद, गुजरनवालाका ४२ वर्षीय शाह जेहान तानबिर, ६१ वर्षीय मलिक अब्दुल हमिद र ४४ वर्षीय आरिफ मसिह छन् ।

उनीहरूले चार जना श्रीलंकन नागरिकलाई क्यानडा, रोमानिया, ग्रिस लगायतका देशहरूमा पठाइदिने विश्वासमा पारेर नेपाल भित्र्याएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार नेपाल भित्रिएका चारैजनालाई ठमेल र बसपार्कका होटलमा राखी राहदानी नियन्त्रणमा लिएर बन्धक बनाएका राखेका थिए । बन्धक बनाएपछि धाकधम्की, कुटपिट गर्नुका साथै आफन्तसँग सम्पर्क गर्न नदिई नगद समेत लिएका थिए ।

‘उनीहरूको शंकास्पद् गतिविधि ड्युटीमा रहेको टोलीबाट थाहा भएको थियो। सोही सूचना पछ्याउँदै जाँदा घटनाको खुलासा भएको छ,’ अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नकुल पोखरेलले भने । पक्राउ परेका चारै जनालाई अपहरण तथा शरीर बन्धक लिन नहुने कसुरमा थप अनुसन्धान तथा कारबाही प्रक्रियाका लागि जिल्ला प्रहरी परिसर, टेकु पठाइएको उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७