बेलायतमा भेटियो सबैभन्दा ठूलो सुनको डल्लो, तर भएन बिक्री


२४ चैत्र २०८०, शनिबार
gold

लण्डन । बेलायतमा सबैभन्दा ठूलो सुनको डल्ला फेला परेको छ । इङ्गल्याण्डमा फेला परेको सबैभन्दा ठूलो सो सुनको डला लिलामीको लागि ल्याइएको छ । तर यसको उत्पत्ति रहस्यमा नै रहेको बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।

रिचर्ड ब्रोकले मेटल डिटेक्टर मेसिन प्रयोग गरिरहेका थिए, जब उनले केही समयपछि बहुमूल्य सो धातुको डल्ला भेटाएका थिए । पछि ल्याबमा परिक्षण गरे पछि सो धातु सुनको भएको पत्ता लागेको थियो । सो सुनको मूल्य ३० हजारदेखि ४० हजार बेलायती पाउण्ड बीचमा तोकिएको छ । तर लिलामीमा बेच्न राखिएको भए पनि त्यो अझै बिक्री भने भएको छैन, यद्यपि रिचर्ड ब्रोक अझै पनि सो बहुमूल्य धातुको डल्लु बेचिने आशामा रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७