इलाममा हालसम्म चार जनाले गराए मनोनयन दर्ता, मन्त्री अर्याललाई पर्खिदै रास्वपा


२४ चैत्र २०८०, शनिबार
prem kumar thamsuhang

इलाम । आउँदो वैशाख १५ मा हुने उपनिर्वाचनका लागि इलाम–२ मा आज (शनिबार) उम्मेद्वारी दर्ता भइरहेको छ । इलामका सहायक निर्वाचन अधिकृत इन्द्र श्रेष्ठका अनुसार पौने एक बजेसम्ममा चार जनाले उम्मेद्वारी दर्ता गराएका छन् ।

अहिलेसम्म सीके राउत नेतृत्वको जनमत पार्टीका तर्फबाट प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदूर किसान पार्टीका श्यामकुमार दर्जी र मंगोल नेशनल अर्गनाइजेसनका तर्फबाट मनिकुमार लिम्बूले उम्मेद्वारी दर्ता गराएका छन् । स्वतन्त्र उम्मेद्वार डाकप्रसाद गौतमले पनि उम्मेद्वारी दर्ता गराएका छन् । डम्बर खड्कालाई उम्मेद्वार बनाएको नेपाली काँग्रेसले अढाई बजे उम्मेद्वारी दर्ता गराउने भएको छ भने साढे एक बजे एमालेका सुहाङ नेम्वाङको उम्मेद्वारी दर्ता हुँदैछ ।

dp

त्यस्तै मिलन लिम्बू उम्मेद्वार रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले १२ बजेका लागि समय माग गरेको भए पनि अहिलेसम्म नपुगेको सहायक निर्वाचन अधिकृत श्रेष्ठले बताए । उम्मेदवारी दर्ताका लागि रास्वपाका केन्द्रीय उपसभापति डीपी अर्याल इलाम आउँदैछन् । उनी आउन ढिला हुने भएकाले २ बजेपछि मात्र रास्वपाले उम्मेदवारी दर्ता गर्ने कार्यतालिका बनेको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम–२ को उपनिर्वाचनमा शनिबार दिउँसो ३ बजेपछि मनोनयन दर्ता गराउने भएको छ । ‘मनोनयन समय तालिका भनेको सहजताको लागि बनाइएको हो, फरक दलबीच विवाद नहोस् भन्नका लागि हो, मन्त्री ज्यू अबेर मात्र आइपुग्ने भएकाले उहाँहरुको अनुरोधमा हामीले ३ बजेपछिको समय दिएका हौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७