कोपिलाको उपचार खर्च जुटाउन रेखा थापाले थालिन् पहल


२४ चैत्र २०८०, शनिबार
kopila rekha

काठमाडौं । सडक दुर्घटनामा गम्भीर घाइते भएकी कलाकार कोपिला थापाको उपचार खर्च जुटाउन नायिका रेखा थापाले पहल सुरु गरेकी छन् । भारतको पञ्जाबमा भएको दुर्घटनामा घाइते कोपिलाको उपचारका लागि रेखाले व्यक्तिगत रूपमा सहयोग गर्दै उपचार खर्च जुटाउन पहल थालेकी हुन् ।

एक साताअघि एक कार्यक्रममा सहभागी भएर भारतको पञ्चकुलातिर फर्किने क्रममा कोपिला चढेको कार ब्रेकफेल भएर दुर्घटना हुँदा उनी घाइते भएकी थिइन् । उनको ढाडको शल्यक्रिया गरेर स्टिल राखिएको छ । कम्मरभन्दा मुनिको शरीर चल्दैन । कोपिलाले दर्जनौं नेपाली चलचित्र र टेलिचलचित्रमा अभिनय गरेकी छन् । रेखाले सबैले सहयोग गरेर उनको ज्यान जोगाइदिन आग्रह गरेकी छन् । उनीसँगै कारमा सवार यात्रु रुपा थापाको दुर्घटनामा मृत्यु भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७