इलाम–२ मा रास्वपाका मिलन लिम्बूले गराए उम्मेदवारी दर्ता


२४ चैत्र २०८०, शनिबार
milan limbu ilam

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिलन लिम्बूले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

उम्मेदवारी दर्ता गर्न लिम्बू उपसभापति तथा श्रम मन्त्री डीपी अर्याललगायत नेता–कार्यकर्ताहरूसहित बाँजागाँजा र झाँकी लिएर निर्वाचन कार्यालयमा पुगेका थिए । इलाम क्षेत्र नं २ मा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता भइरहेको हो ।

वैशाख १५ गते हुने उपनिर्वाचनको लागि अहिलेसम्म कांग्रेसबाट डम्बर खड्का, एमालेका सुहाङ नेम्वाङ, नेकपा एकीकृत समाजवादीका जीतबहादुर राई, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का श्यामबहादुर दर्जी, स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतमलगायतले उम्मेदवारी दर्ता गराइसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७