सुहाङलाई विप्लव माओवादीको पनि समर्थन


२४ चैत्र २०८०, शनिबार
4

काठमाडौं । आउँदो वैशाख १५ को उपनिर्वाचनमा इलाम–२ का नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले पनि सहयोग गर्ने भएको छ ।

यसअघि उनलाई सत्तारुढ दल नेकपा माओवादी केन्द्रले सहयोग गर्ने प्रतिवद्धता जनाएको थियो । आज (शनिबार) विप्लव नेतृत्वको नेकपाका इलाम इञ्चार्ज मौसम सीसँग एमाले र माओवादीले सहकार्य गर्ने सहमति गरेको हो । एमाले, माओवादी र नेकपाले एक संयुक्त अपिल समेत जारी गर्दै सुहाङलाई जिताउन आग्रह गरेको छ । अपिलमा एमाले इलाम अध्यक्ष महेश बस्नेत, माओवादी केन्द्रका इलामका संयोजक विजय खम्बू र नेकपाका इञ्चार्ज मौसम सीले हस्ताक्षर गरेका छन् ।

उक्त अपिलमा प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका महासचिव विप्लवबीच चुनावी तालमेल गर्ने उच्चस्तरीय सहमति भएको बताइएको छ । सुहाङका बुवा समेत रहेका एमाले नेता सुवास नेम्वाङको निधनपछि यहाँ पद रिक्त छ । सो पदका लागि निर्वाचन आयोगले आगामी वैशाख १५ गतेका लागि चुनाव गर्ने कार्यतालिका बनाएको छ ।

suhang biplab p1XThmnW3v

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७