गण्डकीका मुख्यमन्त्री अधिकारीसहित चुमान र मनाङेले लिए शपथ


२५ चैत्र २०८०, आईतवार
gandaki sapath

पोखरा । गण्डकी प्रदेशमा नव नियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज (आइतबार) प्रदेश प्रमुख डिल्लीराज भट्टले अधिकारीलाई मुख्यमन्त्री पदको शपथ ग्रहण गराएका हुन् ।

मुख्यमन्त्रीमा अधिकारीलाई शपथ ग्रहण गराएसँगै राजीव गुरुङ (दीपक मनाङे) र माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले पनि विना विभागिय मन्त्रीको रुपमा सपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख भट्टले आइतबार दिउँसो संविधानको धारा १६८ (२) बमोजिम २ वा २ भन्दा बढी दलको समर्थनमा अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।

manage

अधिकारीले एमाले, माओवादी र नेकपा एसको समर्थन आफूलाई रहेको भन्दै दाबी पेस गरेका थिए । गण्डकीमा एमालेका २२, माओवादीका ८ र नेकपा एसका १ सांसद छन् । नेकपा एसका गुरुङ, माओवादी संसदीय दलका नेता चुमान अधिकारीलाई आफूहरुको समर्थन रहेको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष पुगेका थिए ।

गण्डकीमा कांग्रेसका २७, एमालेका २२, माओवादी ८ (सभामुखसहित), राप्रपाका २ र नेकपा एसका १ सांसद छन् ।माओवादीले पाण्डे सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने थियो। तर त्यो सम्भावना नदेखेर मुख्यमन्त्री पाण्डेले राजीनामा गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७