भद्रकालीमा बौद्ध भिक्षुमाथि प्रहरीको लात्ती !


२५ चैत्र २०८०, आईतवार
poli

काठमाडौँ । चैत २४ शनिबार प्रहरीले काठमाडौंको भद्रकालीमा भिक्षुमाथि लात्त हानेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । उक्त भिडियो भाइरल भएपछि प्रहरीले ठूलो दुर्व्यवहार गरेको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ ।

चैत २४ शनिबार राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय क्रान्ति अभियानको प्रदर्शनका क्रममा प्रहरीले दुई भिक्षुलाई दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रहरीको आलोचना भएको हो ।

अभियानले शनिबार काठमाडौँको भद्रकालीमा शक्ति प्रदर्शन गरेको थियो । सोही क्रममा प्रहरी र अभियानका कार्यकर्ताबीच झडप भएको थियो । उक्त भाइरल भिडियोमा प्रहरीले हिँड्दै गरेका भिक्षु भेषका दुई जनामध्ये एक जनालाई लाठी र अर्कोलाई लात्ताले हानेको देख्न सकिन्छ । प्रहरीले अन्य बाटो हिंडिरहेका सर्वसाधरणमाथि समेत दुर्व्यवहार गरेको देखिएको छ । स्रोतका अनुसार प्रहरीले उक्त दुर्व्यवहारबारे छानबिन समिति गठन गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७