कोशी सरकारलाई दिएको समर्थन फिर्ता लिँदैनौं : राजेन्द्र राई


२६ चैत्र २०८०, सोमबार
Rajendra Rai 4

मोरङ । नेकपा एकीकृत समाजवादीले केदार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने जनाएको छ । एकीकृत समाजवादी कोशीका संसदीय दलका नेता एवम् पूर्वमुख्यन्त्री राजेन्द्रकुमार राईले यो प्रदेशमा नयाँ सरकार बनाउन गाह्रो रहेको बताउँदै सरकार अस्थिर भएकाले कुनै पनि काम अघि नबढ्ने बताएका हुन् ।

गठबन्धन संविधान रक्षाका लागि निर्माण भएको र सोहीअनुसार निर्वाचन भएको तर सत्ताको लागि गठबन्धन बदलिरहने कुरा राम्रो नभएको उनको भनाइ थियो ।

‘हामी सरकारलाई दिएको समर्थन तत्काल फिर्ता लिन्नौँ, जनतालाई किन निराश पार्नु ? गठबन्धन संविधान रक्षाको लागि बनेको हो, त्यसरी नै चुनाव भयो र सरकार त्यसरी नै भयो’, उनले भने, ‘सत्ताको लागि उथलपुथल, सबै लथालिङ्ग भयो, कोशी प्रदेशको सरकार बनाउन गाह्रो छ । सरकार अस्थिर भए काम पनि बढ्दैन, बजेट नै राम्रोसँग अगाडि बढ्दैन ।’ यस्तो खालको काम सत्ताको लागि कसैले गर्छ भने आफूले पनि सजिलै नछोड्ने उनको भनाइ थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७