अल नासरलाई हराउँदै अल हिलाल सुपर कपको फाइनलमा, रोनाल्डोले पाए ‘रेड कार्ड’


२७ चैत्र २०८०, मंगलवार
nasar

काठमाडौँ । अल हिलाल साउदी सुपर कपको फाइनलमा पुगेको छ । गए राति सम्पन्न फाइनल खेलमा अल हिलालले अल नासरलाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो । अल हिलालको जितमा सलेम अलदावसारी र माल्कमले एक–एक गोल गरेका थिए ।

त्यस्तै अल नासरका लागि एक गोल साडियो मानेले गरेका थिए । यस खेलमा खेलको ८६औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले रातो कार्ड पाएपछि अल नासर १० खेलाडीमा सीमित भएको थियो । अब साउदी सुपर कपको फाइनलमा अल हिलाल र अल इत्तिहाद खेल्ने भएका छन् । फाइनल खेल अप्रिल ११ मा हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७