संसदको गतिरोध अन्त्य गर्न सभामुखसहित बालुवाटारमा शीर्ष नेताहरूबीच छलफल


२७ चैत्र २०८०, मंगलवार
devraj
फाइल फोटो

काठमाडौं । संसदमा जारी अवरोध हटाउने विषयमा छलफल गर्न सभामुखसहित दलका शीर्ष नेताहरू बालुवाटारमा भेला भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा सभामुख देवराज घिमिरे, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, कांग्रेस नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापा लगायतका नेताहरू छलफलमा जुटेका हुन् ।

सभामुख घिमिरे आफ्नै दिदीको निधनका कारण झापा जाने कार्यक्रम थियो । तर सदनमा देखिएको अवरोध अन्त्यका लागि पहल गर्न उनले झापा जाने कार्यक्रम रद्द गरेका छन् । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न माग गर्दै सदन अवरोध गर्दै आइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७