सिंहदरबारभित्रै ‘सलाम नगरेको’ भन्दै प्रहरी जवानलाई हवल्दारले हाने ‘थप्पड’


२७ चैत्र २०८०, मंगलवार
Singha Darbar

काठमाडौं । सिंहदरबारस्थित अर्थ मन्त्रालयभित्र एक प्रहरी हवल्दारले सलाम नगरेको भन्दै जवानलाई कटपिट गरेका छन् । सिंहदरबार सुरक्षा गणमा कार्यरत प्रहरी जवान सुन्दर सिंहलाई हवल्दार उज्जवल भण्डारीले कुटेको स्रोतले जानकारी दियो । हवल्दार भण्डारी अर्थमन्त्रीको सुरक्षामा खटिएका प्रहरी हुन् ।

मंगलबार बिहान साढे १० बजेतिर प्रहरी जवान सिंहलाई किन सलाम नगरेको भन्दै थप्पड हानेको प्रहरीले जनाएको छ । उपत्यका प्रहरी प्रमुख एआईजी दिपक थापाले यसबारे आफूलाई जानकारी आए लगत्तै सिंहदरबार गणका एसपी सन्तोष तामाङलाई विस्तृतमा बुझ्न भनेको बताएका छन् । उनले भने, ‘के भएको हो, बुझेर रिपोर्ट गर्न भनिसकेको छु ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७