संसदीय छानबिन समितिलाई प्रतिशोध साँध्ने औजार नबनाऔं : स्वर्णिम वाग्ले


२७ चैत्र २०८०, मंगलवार
swarnim wagle 1
फाइल फोटो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले संसदीय छानबिन समितिलाई प्रतिशोध साँध्ने औजारका रुपमा दुरुप्रयोग नगर्न आग्रह गरेका छन् । नेपाली कांग्रेसको अवरोधले प्रतिनिधिसभा बैठक स्थगित भएपछि संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै वाग्लेले संसदीय समितिलाई व्यक्ति विशेषको विरुद्ध प्रयोग नगर्न आग्रह गरेका हुन् ।

‘राष्ट्रिय स्वतन्त्र पार्टीको कारणले नै यो मुलुक बेथितितिर गएको जस्तो भास्य सिर्जना गरिएको छ । अब त्यसको शक्त प्रतिशोध गर्दछौं । इलाम २ का जनताले त बैशाख १५ मा जवाफ दिने नै छन्,’ उनले थपे, ‘तर यो संसदीय छानबिन समितिलाई यसरी व्यक्ति खुइल्याउने, प्रतिशोध साँध्ने औजारका रुपमा दुरुपयोग नगरौँ ।’

केही महिनाअघि मात्रै सत्तामा रहँदा कांग्रेस महामन्त्री गगन थापाले सत्तारुढ दलका सांसद रत्नपार्क गएर नभइ संसदमै बोल्ने बताएका उल्लेख गर्दै वाग्लेले भने, ‘केही महिनाअघि मात्रै अहिलेका प्रतिपक्षी दलका महामन्त्रीले संसदीय समिति आवश्यक छैन, सत्तारुढ दलले संसदमा बोल्न पाएन भने के इलाम गएर बोल्ने, के रत्नपार्क गएर बोल्ने भन्ने शैलीमा प्रस्तुत हुनुभएको थियो । त्यस्तो अवस्थामा हामीलाई नपु¥याऔँ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७