म्यानचेस्टर सिटी र रियल मड्रिडको रोमाञ्चक बराबरी


२८ चैत्र २०८०, बुधबार
f

काठमाडौँ । युरोपेली च्याम्पियन्स लिगको क्वार्टर फाइनलअन्तर्गत पहिलो लेगमा म्यानचेस्टर सिटी र रियल मड्रिडले रोमाञ्चक बराबरी खेलेका छन् । मंगलबार राति रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेल ३–३ को बराबरीमा सकिएको हो ।

खेलको दोस्रो मिनेटमा नै बर्नार्डो सिल्भाले सिटीलाई खेलमा अग्रता दिलाए । १२औँ मिनेटमा रियलले उपहार गोलबाट खेल बराबरी गर्‍यो । १४औँ मिनेटमा रोड्रीगोले गोल गरेपछि रियलले खेलमा अग्रता लियो। ६६औँ मिनेटमा सिटीका फिल फोडेनले गोल गरे । ७१औँ मिनेटमा डिफेन्डर जोस्को गवार्डीओलको गोलमा सिटीले अग्रता लियो ।

७९औँ मिनेटमा फेडेरिको भालभर्डेले गोल गर्दै खेल बराबरी गरे। दोस्रो लेग सिटीको घरेलु मैदानमा हुनेछ । यस्तै, अर्को क्वार्टर फाइनलको पहिलो लेगमा आर्सनल र बायर्न म्युनिखले पनि २–२ को बराबरी खेलेका छन् । आर्सनलको घरेलु मैदान इमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलका बुकायो साका र लियोनार्दो ट्रोसार्डले गोल गरे । बार्यनका सर्ज गनाब्री र ह्यारी केनले गोल गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७