आर्सनल र बायर्न म्युनिख २–२ गोलको बराबरीमा


२८ चैत्र २०८०, बुधबार
rs 2024 04 10 07 04 22

काठमाडौँ । यूईएफए च्याम्पियन्स लिग अन्तर्गत आर्सनल र बायर्न म्युनिख बराबरीमा रोकिएका छन् । च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लिग अन्तर्गतको खेलमा आर्सनल र बायर्न म्युनिख २–२ गोलको बराबरीमा रोकिएका हुन् ।

आर्सनलको घरेलु मैदानमा सम्पन्न खेलमा बायर्नका लागि फेर्गी ग्नाब्री र ह्यारी केनले एक–एक गोल गरेका थिए । त्यस्तै आर्सनलका लागि बुकायो साका र लीन्द्रो ट्रोसार्डले एक–एक गोल गरेका थिए । अब क्वार्टर फाइनलको दोस्रो लिग अप्रिल १८ मा बायर्न म्युनिखको घरेलु मैदानमा हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७