सहकारी प्रकरणमा दोषी उम्काउने गरी होइन, कारवाही हुने गरी छानविन हुनुपर्छ : सांसद पाण्डे


२८ चैत्र २०८०, बुधबार
Rajendra pandey scaled
फाइल फोटो

काठमाडौं । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले माग गरे अनुसारको सहकारी ठगी प्रकरणको छानविन गर्न संसदीय समिति बनाउन माग गरेका छन् । आज (बुधबार) प्रतिनिधि सभाको बैठकमा सांसद पाण्डेले सहकारी ठगी प्रकरणको छानविन गर्न संसदीय छानविन समिति गठन गर्नुपर्ने बताएका हुन् ।

उनले प्रमुख प्रतिपक्षको मागलाई ध्यान दिएर सार्थक वार्ता गरी संसदको गतिरोध अन्य गर्न सरकारको ध्यानाकर्षण गराए । उनले नेकपा (एकीकृत समाजवादी) पनि २०४७ सालदेखिकै भ्रष्टाचारहरुको छानविन गर्ने पक्षमा रहेको पनि बताए ।

उनले भने, ‘संसदभित्र केही दिनदेखि प्रमुख प्रतिपक्षले सहकारीका ठगी प्रकरणका सम्बन्धमा छानविनको माग लिएर संसदको बैठक अवरोध गरिरहेको छ । प्रमुख प्रतिपक्षको मागलाई ध्यान दिएर सार्थक वार्ता गरी संसदको यो गतिरोध अन्य गर्न म सभामुखमार्फत सरकारलाई ध्यानाकर्षण गर्न चाहन्छु । सहकारी ठगिको छानविन र भ्रष्टाचारको छानविन गर्ने कुरा जोडदार उठिरहेको बेला ०४७ सालदेखिकै भ्रष्टाचारको छानविन गर्ने कुरो पनि आयो । नेकपा (एकीकृत समाजवादी) पार्टीको तर्फबाट म के भन्न चाहान्छु भने ठिक छ, ०४७ सालदेखिकै भ्रष्टाचार छानविनको काम गरौँ ।’ सांसद पाण्डेले दोषीलाई उम्काउने गरी नभई कारबाही गर्नेगरी छानविन गर्नुपर्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७