राष्ट्रियसभा उपाध्यक्षमा एमालेकी विमला घिमिरे निर्वाचित


२८ चैत्र २०८०, बुधबार
bimala ghimire 1

काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्षमा नेकपा एमाले सांसद विमला घिमिरे निर्वाचित भएकी छन् । बुधबार राष्ट्रियसभा उपाध्यक्षका लागि भएको घिमिरेको पक्षमा ३९ मत परेको छ । उनलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको समर्थन थियो ।

घिमिरेलाई राष्ट्रियसभाको उपाध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सांसद दुर्गा गुरुङले पेस गरेकी थिइन् । सो प्रस्तावको पक्षमा बहुमत ३९ मत परेपछि उक्त प्रस्ताव बहुमतले पारित भएको हो । घिमिरेको विपक्षमा १६ मत रहेको थियो । उनको विपक्षमा नेपाली कांग्रेसका सांसदले मात्र मतदान गरेका थिए ।

त्यस्तै, नेपाली कांग्रेसबाट राष्ट्रियसभाको उपाध्यक्षको उम्मेदवार विष्णुदेवी पुडासैनीले १६ मत पाइन् । उनलाई नेपाली कांग्रेसका सांसदले मतदान गरेका हुन् । सत्ता गठबन्धनमा परिवर्तन भएपछि उपाध्यक्ष एमालेलाई दिने गठबन्धनमा सहमति भएको थियो । त्यसअनुसार तत्कालीन राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएकी थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७