दिल्ली सरकारका मन्त्रीले छोडे मन्त्री पद र आप पार्टी


२८ चैत्र २०८०, बुधबार

नयाँदिल्ली । भारतको दिल्ली सरकारका समाज कल्याणमन्त्री राजकुमार आनन्दले मन्त्री पद र आम आदमी पार्टी (आप) बाट राजीनामा दिएका छन् । राजीनामा दिँदै आनन्दले भ्रष्टाचार विरुद्धको आन्दोलनबाट आम आदमी पार्टीको जन्म भएकोमा आज यो पार्टी आफैं भ्रष्टाचारको दलदलमा फसेको आरोप लगाएका छन् ।

साथै उनले दलित विधायक वा पार्षदलाई आम आदमी पार्टीमा कुनै सम्मान नभएको आरोप लगाएका छन् । राजकुमार आनन्द सन् २०२० मा पहिलो पटक पटेल नगर सिटबाट विधायक बनेका थिए । यसअघि उनकी श्रीमती वीणा आनन्द पनि सोही विधानसभा क्षेत्रबाट विधायक थिइन् । –न्युज कारखाना

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७