बिहार हाजीपुरमा छात्राको संवेदनशील अङ्ग छुने गणित शिक्षकलाई ‘रामधुलाई’


२९ चैत्र २०८०, बिहीबार
kutpit 1
सांकेतिक तस्वीर

पटना । भारत बिहारको हाजीपुर जिल्लाको एउटा स्कूलमा त्यस बखत हंगामा भयो, जब स्कूलको भित्रै एकजना शिक्षकलाई गाउँलेहरुले सुरु गरे रामधुलाई । यो घटना औद्योगिक थाना क्षेत्रको राजकिशोर उच्च विद्यालयको हो । विद्यालयकी छात्राहरुले उक्त शिक्षकमाथि अति गम्भीर आरोप लगाएकी छिन् ।

छात्राहरुको भनाई थियो कि गणित बिषय पढाउने शिक्षक विकासकुमारले उनीहरूसँग अश्लील हरकत गर्ने गर्दथे । छात्राहरुले शिक्षक विकासकुमार कक्षा कोठा बन्द गरेर छात्राहरुको संवेदनशील अंगहरु छुने गरेका थिए । विरोध गर्दा आरोपी शिक्षकले स्कूलबाट नाम काटने धम्की दिँदै आएका थिए ।

स्कूलकी छात्राहरुले कलयुगी टीचरको हरकत बदमादिको बारेमा आआफ्नो अभिभावकलाई बताएपछि अभिभावक स्कूलभित्र पसेर उसलाई पिटाई गरेको थियो । यस घटनाबारे जानकारी अभिभावकले पाएपछि विद्यालयमा ठूलो बावाली भएको थियो ।
घटना साम्य पार्न विद्यालयमा प्रहरी टोली पुगेको थियो । तर बिद्यालय पुगेका प्रहरी टोलीले पनि अभिभावकको गाली खानुपरेको थियो । गाउँलेको आक्रोश हेरेर बिद्यालय गएका प्रहरी टोली त्यहाँबाट ज्यान बचाएर भागेका थिए । आक्रोशित गाउँलेहरूले आरोपी शिक्षकलाई कैयौं घण्टासम्म विद्यालयको कोठाभित्रै थुनेर राखेका थिए ।

घटनापछि ठूलो संख्यामा गएका प्रहरी टोलीले आरोपी शिक्षकको सकुशल उद्धार गरेको थियो । प्रहरीले आरोपी शिक्षकलाई पक्राउ गरेर हिरासतमा लिएको छ । सो घटनामा प्रहरीको एउटा म्याग्जिन समेत हराएको छ । हाजिपुरका वरिष्ठ सुरक्षा अधिकारी सदर एसडीपीओ ओम प्रकाशले स्कूलको छात्राहसँग अश्लील हरकत गर्ने शिक्षकलाई हिरासतमा लिएर मुद्दाको छानबिन भइरहेको बताएका छन् । उनका अनुसार स्थानीयहरुले गरेको हंगामा शान्त गर्न गएका एक जना पुलिसकर्मीको पिस्तौलको म्यागजिन हराएको तथा त्यसको खोज तलास प्रहरीले गरिरहेको उनले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७