फेवातालमा हावाहुरीले डुंगा पल्टियो : तालमा खसेकी युवतीको सकुशल उद्धार


२९ चैत्र २०८०, बिहीबार
fewatal durghatana

पोखरा । आज (बिहीबार) दिउँसो फेवातालमा अचानक आएको हावाहुरीको कारण डुंगा दुर्घटना भएको छ । सशस्त्र प्रहरीका अनुसार कायक बोट पल्टिँदा दुर्घटनामा परेकी एक जनाको सकुशल उद्धार गरिएको छ ।

काठमाडौँ महानगरपालिका– १७ सामाखुसी बस्ने २५ वर्षीया अग्नि देवकोटा तालमा खसेकी थिइन् । उनलाई फेवाताल बाराहीघाटस्थित सशस्त्र प्रहरीको रेस्क्यु वाच टावरमा खटिएको विशेष उद्धार तथा गोताखोर टोलीले तत्कालै सकुशल उद्धार गरी किनारमा ल्याएको सशस्त्र प्रहरीका प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए । थापाका अनुसार उनको अवस्था हाल सामान्य छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७